पोखरा म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण
पाेखरा | माघ ९, २०८०
पोखरा: नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ ।
१८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चुप्सको सौजन्य गरेका हुन ।
साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले उनलाई पोखरामा स्वागत समेत गरेका छन् । १८ औं संस्करणलाई पुर्ण प्रविधीमैत्री बनाउन यश पटक सबै इभेन्टमा चिप्सको प्रयोग गरिदै छ । चिप्स जडानले प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकको विस्वास रहेको छ ।
मञ्चका अध्यक्ष हरि पराजुलीले आफुहरुलाई आवश्यक पर्ने चिप्स आएको सुनाए । उनले यसले म्याराथनको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउन मद्दत मिल्ने बताए । प्रतियोगिता संयोजक दिल बहादुर गुरुङले खुल्ला म्याराथन, पगण्डकी प्रदेशस्तरीय म्याराथन, महिला हाफ म्याराथन, १० किमि (महिला/पुरुष), ५ किमि (छात्र/छात्रा) दौडमा चिप्सको प्रयोग हुने जानकारी दिए । ह्विलचियर, दृस्टीविहिन र भेट्रान दौडमा चिप्सको प्रयोग हुने छैन ।
संस्थाका निवर्तमान अध्यक्ष तेज गुरुङले अन्तर्राष्ट्रिय म्याराथनको अनुसरण गर्दै चिप्स प्रयोगलाई अघि बढाउने प्रयास अघिल्लो वर्षबाट सुरु गरि यस पटक पुरै दौडमा प्रयोग गरिने बताए ।
चिप्सले धावकको समयको गणना गर्नेछ । स्टार्टिङ र इन्डिङ पोइन्टमा सेन्सर जडान हुनेछ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

